बाजुराको बुढीगंगामा भीषण बाढी दुईपुल बग्यो, बस्ती जोखिममा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

केही दिन यता पुन सक्रिय भएको मनसुन र परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढि र पहिरोले क्षति पुर्‍याएको छ ।मौसमविदले नेपालमा फेरि मनसुन सक्रिय भएको र विभिन्न प्रदेशमा भारी बर्षा हुनसक्ने बताइरहेका बेला बाजुरामा बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल बगाएको छ ।

बाढीले बेलिबिज्र र झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ ।बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । बुढीगंगा नदीको बाढीले बाजुराका विभिन्न बस्तीपनी जोखिममा परेका छन् ।बाढीले घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

उद्धारका लागि प्रहरीटोली समेत प्रभावीत क्षेत्रमाजान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिका–९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।यसअघि गुइगाड खोलामा आएको बाढीसँगैको पहिरोले बुढीगंगा नदी थुनिँदा नदी किनाराका बस्ती जोखिममा परेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *