बाघलाई ठक्कर दिने कार चालक ६ लाख धरौटी बुझाएर छुटे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बारा-जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका छन्।बा १६ च ८११ नम्बरको कारले गत पुस १८गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघको सडकमै ज्यान गएको थियो। प्रहरीले तत्कालै सर्लाहीका चालक अजय मिश्रलाई नियन्त्रणमा लिएको थियो।

उनलाई जिल्ला अदालत बाराले पुस २८ गते धरौटीमा छोडेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिएकाछन्।अदालतले उनीसँग साढे ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो। उनले सो रकम बुझाएर छुटेकाे यादवले बताए।

उनीमाथि बाघलाई सवारीसाधनले ठक्कर दिई मारेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो।हामीले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा बुझाएका थियौं। अदालतले उनलाई तारेखमा छाडेको यादवले बताए।

निकुञ्जले सो कसुरमा ५ लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १० वर्षसम्म कैद सजायको माग गरेको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *