बाघको आक्रमणबाट एकजनाको मृत्यु,२ घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको डीएसपी शाहीले बताए ।

चन्द्रपुर नगरपालिकामा रहेको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा वडा नं. ६ का ३० वर्षिय अशोक थापा र ३४ वर्षिय प्रबिण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले बताए । सोही वडाका २७ वर्षि संगम भण्डारी दिउसो घांस लिन जंगल गएको र अबेर सम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउलेहरुलाई बाघले आक्रमण गरेको हो ।

वन क्षेत्रमा घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको डिएसपी शाहीले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *