बाग्लुङ मन्दिरमा निषेधाज्ञा जारी गरेपछि दर्शनार्थीले गरे प्रवेशद्धारमा पुँजा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले मठमन्दीरमा निशेधाज्ञा जारी गरेपछि प्रसिद्ध शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिर पुगेका भक्तजनले प्रवेश द्धारामा पुँजा आजा गरेका छन् । नव दुर्गा लागेपछि सधैं भक्तजनको भिडभाड लाग्ने नेपाल कै प्रसिद्ध शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिरमा निषेधाज्ञा जारी गरेपछि भक्तजन प्रवेश द्धारा वाट फर्केका हुन ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई नियन्त्रण गर्न सरकारले
लगाउदै आएको लकडाउन खुकुलो बनाएपनि मन्दिरमा पुजा अर्चना गर्न निषेधाज्ञा जारी गरेपछि
मन्दिरमा पुजा गर्न आएका श्रद्धालु भक्तजनले मन्दिर गेटमै पुजा गरेर फर्किन बाध्य बनेका छन् ।
जिल्ला प्रशसन कार्यालय बागलुङले शुक्रबार रातीदेखी जिल्लाभरका शक्तिपिठहरुमा प्रवेश निषेध गरेको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकपछि प्राप्त सुझावका आधारमा शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी निशेधाज्ञा जारी गरिएको कारण लाखौं भक्तजनको आस्थाको केन्द्र प्रभावित बनेको कालीका भगवती मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।

शक्तिपिठहरुमा हुनसक्ने भीडभाड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि प्रहरी परिचालन गरेर मन्दिर भित्र जान रोक लगाएपछि टाढाटाढा देखि मन्दिरमा पुजा गर्न आएका भक्तजन मन्दिरको गेटमा पुजा गर्न बाध्य बनेको भक्तजनले बताए ।

आस्थाको कारण र कोरोना शान्तीको कामना गर्दे पुजा गर्न आए पनि मन्दीर प्रवेश गर्न नपाएकोले मन्दीरको प्रवेश द्धारामै पुजा गर्नु परेको दर्शनार्थीको भनाई छ ।

सरकारले अन्तीम समयमा आएर शुक्रवार साझ मन्दीरमा निषेधाज्ञा जारी गरेपछि देशका विभिन्न ठाउ वाट आएका भक्तजन गेटमै पुजा परेर फर्किएका छन् । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरु शक्तिपीठ गएका छन् । सबै शक्तिपिठमा नियमित पुजाबाहेक सर्वसाधारणको प्रवेशमा रोक लगाईएको छ ।

सरकारले लकडाउन खुकुलो वनाए संगै सरकारी कार्यलय तथा सार्वजनिक स्थान तथा वजारहरुमा मानिसको अत्याधिक भिड भएको भएपनि व्यवस्थापन गर्न नसकेको भन्दै दुर्गाको पुर्वसन्ध्यामा सम्भावित भीडलाई लक्षित गरेर प्रशासनले रोक लगाएको भए पनि अहिलेको अबस्था हेर्दा नेपाली हिन्दु संस्कृति माथि हस्तक्षेप गर्न खोजेको समाजसेवी जगन्नाथ आचार्यले वताए ।

हजारौंको भीड हुने बागलुङ कालीका भगवती मन्दिरको पुजा यो वर्ष ठप्प भएको छ । सरकारले देशमा मन्दीरमा निशेधाज्ञा जारी गरेपछि नियत पुजा वाहेक सर्वधारणको लागी पुजा वन्द गरिएको भएपनि नित्य पुजा गरिएको मन्दीरका पुजारी जयवहादुर खडेकाले वताए ।

बिश्व ब्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई लक्षित सरकारले देशमा लकडाउन गरेपछि नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिरमा ७ महिना देखी सुनसान भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बार्षिक डेड करोड आम्दानी हुने गर्दछ जसबाट मन्दिरको व्यवस्थापनका लागि खर्च गरिन्छ ।

गण्डकी प्रदेश बागलुङ नगरपालिका वडा नम्बर १ को रमणीय जंगलको बिचमा अबस्थित प्रसिद्ध कालीका भगवती मन्दिर लकडाउनका कारण इतिहासमा पहिलो पटक प्रभावित बन्न पुगेपछि मन्दिरको नियमित आम्दानी घटेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *