बाग्लुङ उद्योग बाणिज्य संघले बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई समर्थन गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङ उद्योग बाणिज्य संघको बैठकले नेपाल उद्योग बाणिज्य महासंघको चैतमा हुने महाधिवेशनमा बरिष्ठ उपाध्यक्षको लागि चन्द्रप्रसाद ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ । बागलुङ जिल्ला निवासी नेपालका चर्चित ब्यबसायी ढकाललाई संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष पदको लागि प्रस्ताव गरेको ढकाललाई निर्वाचन जिताउन सबै खालको सहयोग र समर्थन गर्ने निर्णय गरेको बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कडेलले बताए ।

पुस १० गते बागलुङ उद्योग बाणिज्य सघंले आयोजना गरेको बागलुङ महोत्वमा व्यवसायी ढकाललाई बरिष्ठ उपाध्यक्षमा उमेदवार बनाउने घोषणा गरेको थियो । ढकाललाई बिजयी गराउन बागलुङका व्यवसायीहरु एक जुट भएर निर्वाचन प्रचार प्रसारमा जाने तयारी गरिएको महासचिव कडेलले बताए ।

उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यको लागि बागलुङका व्यवसायी निमार्णकुमार श्रेष्ठलाई उमेदवारी बनाउने बैठकले निर्णय गरेको छ । त्यसैगरि नेपाल उद्योग बाणिज्य महासघं गण्डकी प्रदेशको लागि बागलुङ उद्योग बाणिज्य सघंका निर्वतमान अध्यक्ष जयराम भारीलाई उमेदवार बनाउने निर्णय समेत गरेको छ ।

बागलुङ उद्योग बाणिज्य सघंको ५६ औ साधारण सभा फागुन २० गते मंगलबार गर्ने निर्णय बैठकले गरेको छ । साधारण सभाको नेपाल उद्योग बाणिज्य महासघंका उपाध्यक्ष ढकालले उदघाटन गर्ने भएका छन । २०२० सालमा स्थापना भएको बागलुङ उद्योग बाणिज्य संघमा १५३ जना आजिवन सदस्य १०१० जना साधारण सदस्य गरि कुल १०६३ जना सदस्यले यसपटकको साधारणसभामा भागलिने छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *