बाग्लुङमा प्याराग्लाईडिङको सफल परिक्षण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भ्रमण वर्ष २०२०लाई लक्षित गरी बागलुङ उद्योग वाणिज्य संघ बागलुङले प्रर्यटन प्रबद्धनका लागि प्याराग्लाईडिङको सफल परिक्षण गरेको छ ।

बागलुङ उद्योग वाणिज्य संघले बागलुङमा व्यावसायिक रुपमा प्याराग्लाईडिङ सञ्चालन गर्नका लागि परिक्षण उडान गरिएको थियो । परिक्षण उडान सफल भएको बागलुङ उद्योग वाणिज्यसंघ बागलुङले जनाएको छ ।

बागलुङ उद्योग वाणिज्य संघले भ्रमण वर्ष तथा पुष ११ देखि २० सम्म हुने छैठौं बागलुङ महोत्सवलाई लक्षित गरी प्याराग्लाईङको संभाव्यता अध्ययन गर्न खोजेको हो । बागलुङ जिल्लाको प्रशिद्ध धार्मीक स्थल पञ्चकोट बाट बागलुङ बजारमा प्याराग्लाईडिङ गरिएको हो । सामुन्द्रिक उचाई देखी १ हजार ७०० मिटरको उचाईमा रहेको पञ्चकोटबाट बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसमा प्याराग्लाईडिङको सफल उडान गरेको पाइलट कृष्ण बहादुर शुनुवारले जानकारी दिनुभयो ।

उद्योग बाणिज्य संघले पुषमा हुने महोत्सवमा ५ वटा प्याराग्लाईडिङबाट नियमित उडान भर्नेछन् । हामिले व्यावसायिक रुपमा समेत प्याराग्लाईडिङको संभावना देखेका छौं महोत्सव पछि नियमित रुपमा पञ्चकोट बागलुङ बजार प्याराग्लाईडिङ उडान गर्ने योजनामा रहेका छौं ।

क्याम्पसमा ल्याण्ड गर्दा अध्ययनमा समस्या हुने भन्दै उपल्लाचौर तथा कुडुलेमा ल्याड गर्ने व्यवस्था गर्ने महासचिव नरेश कंडेलले जानकारी दिनुभयो । बागलुङको भीरलाखुरीबाट समेत प्याराग्लाईडिङ गर्न समस्या नभएको बताइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *