बाग्लुङको जैमिनीमा पहिरा, दुई घर गोठ पूर्णरुपमा क्षती, ७ घर जोखीममा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अविरल बर्षाका कारण पहिरो जादा बागलुङ जैमिनी नगरपालिका वाड न.९ सरातेमा विहान गएको पहिरोले टिकाराम शर्माका दुई घर र दुई गोठ पुर्ण रुपमा क्ष्यती भएको छ । भने सात घर उच्च जोखिममा परेका छन् ।पुर्ण क्षती भएका घरपरिवारलाई गाउकै खाली रहेका घरहरुमा उद्धार गरि रखिएको स्थानीयबासी गंगा आचार्यले बताए ।

विहान पख पहिरो जादा मानवीय क्ष्यती भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोको कारणले स्थानीय बासीहरु निकै त्रसीत बनेका छन् ।लगातारको बर्षाका कारण बागलुङदेखि कुस्मिसेरा हुदै वरेङ सम्म जोड्ने सडक ठाउठाउमा पहिरोले अवरुद्द बनाएको छ । यातायात आवत जावतमा असहज पुराएको छ ।

मालढुङगा देखि बलेवा एर्पोट जोड्ने कालिगण्डकी करिडोर पहिरो जादा पुर्ण रुपमा क्षेद विच्छेद भएको छ । बागलुङ कुस्मीसेरा सडक खण्ड स्थानीय बासी गाडी चालकहरु मिलेर सफा गर्न लागेका छन् भने नेपाली सेनाले कालिगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको हुनाले नेपाली सेनाका उपस्थीती छैन । कालिगण्डकी सडक आयोजनाले पहिरो पन्छाउने काममा चासो देखाएको छ । सवारी साथन ठप्प रहेका छन् । बर्षाको कारणले मानवीय क्षेती नभएपनि आर्थिक क्षेतीको विवरण आएको छैन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *