बाग्लुङकम दुई युवम लागूऔषध सहित पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङका दुई युवालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ बस्ने २१ बर्षका सोमबहादुर बिक र बागलुङ नगरपालिका–३ मुलपानीका १८ बर्षिय रोहित बोहोरालाई प्रहरीले लागुऔषध सहित फेला पारेको हो । बागलुङ नगरपालिका–३ स्थित सडकमा हिडिरहेको अवस्थामा शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गर्दा उनीहरु संग लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

सोधपुछ तथा चेकजाँच गर्ने क्रममा उनीहरुले बोकेको झोला भित्र फेनारगन १७ वटा र डाइजेपाम १७ एम्पुल गरी ५१ एम्पुल लागुऔषध फेला पारेको बागलुङका प्रहरी नायब उपरिक्षक झविन्द्र प्रसाद भट्टराईले बताउनुभयो । स्थानीयबासीको रोहबरमा लागुऔषध बरामद गरी थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनीहरुलाई लागुऔषध डाईजेपाम कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *