बागलुङ जिल्लामा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश,काठेखोला गाउँपालिका सिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । यसरी जिल्लामा संक्रमितको संख्या बढेपछि स्थानीय त्रसित बनेका छन ।

बागलुङ जिल्लामा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । छिमेकी जिल्ला पर्वतमा साता अघिनै समुदायमा देखिएको कोरोना भाइरस संक्रमण शनिवार बागलुङमा पनि क्वारेन्टाइन भन्दा बाहिर देखिएको छ । जिल्लामा पहिलो पटक क्वारेन्टाइनमा बसेका भन्दा बाहिरका मानिसमा कोरोना भाइरस संक्रमण देखिए पछि त्रास बढेको छ ।

शनिवार राती आएको रिपोर्टमा बागलुङका ३ जनामा संक्रमण देखिएको हो । यसरी रिपोर्ट आउनेहरुले सामाजिक दुरी कायम नगरेको र होम क्वारेन्टाइनमा समेत नबसेकाहरु रहेका छन । सामाजिक दुरी कायम गर्न नसक्दा समस्या सृजना भएको स्थानीइको भनाई छ ।

बागलुङको काठेखोला गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ । बिहुँ–६ अमर मावि क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खुवाउने तथा सुरक्षकर्मीलाई कोरोना पुष्टि भएपछि कार्यपालिकाको आकस्मिक बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको हो । बैठकले दुध, एम्बुलेन्स, सुरक्षाकर्मी तथा निर्माणको सवारी बाहेक अन्य सवारी संचालनमा समेत रोक लगाएको छ । यसैगरी सामाजिक दुरी कायम गर्ने र संक्रमितको सम्पर्कमा रहेका मानिसको खोजी र परीक्षणलाई बढाइने निर्ण गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *