बागलुङमा शंकास्पद वस्तु फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा वम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ ।

मध्यमहाडी लोकमार्ग वाट बागलुङ वजार प्रवेश गर्ने चोकमा तार निस्किएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । शनिवार विहान सडकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले सो स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने प्रयास गरेपनि पुर्ण रुपमा डिस्पोज नभए पछी थप डिस्पोजको तयारी गरेको नेपाली सेनाले जनाएको छ । मध्यपहाडी लोकमार्ग नजिकै बम राखिएको हल्लाले सडक अवरुद्ध भएको छ । बम कसले र किन राखेको भन्ने खुलेको छैन ।

आज सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाले नेपाल बन्द गरेको छ । नेपाल वन्दको बागलुङमा पुर्ण प्रभाव परेको छ । निसी र दुई पागे्र समावरी छिटफुट रुपमा चलेपनि सार्वजनिक यातायातका साधान भने ठम्म भएका छन् । बागलुङ वजार पुर्ण रुपमा वन्द रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *