बागलुङमा विषादीयुत्त साग खादा एकै परिवारका चार गम्भीर विरामी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा विषादी साग खाँदा एकै परिवारका चार जना विरामी परेका छन् ।

आज विहान जरिङ्गो नामक साग खादा काठेखोला–५ विहुँ रिजालचोकका ७१ बर्षिय देउरुपा कंडेल, उनको छोरा ३९ बर्षिय छोरा चुडामणि कंडेल, बुहारी ३७ बर्षिय चिजा कंडेल र १७ बर्षिय नाती सन्तोष कंडेल विरामी भएका हुन् ।
विहान छिमेकीले जरिङ्गो साग भन्दै दिएको साग पकाएर खादा विहोस भएको विरामीका दाजु गणेशप्रसाद कंडेलले जानकारी दिए ।

पहिले पनि करेशा बारीमा उक्त साग उत्पादन गरेर खाने गरेको कंडेलले वताए । विहान १० बजे खाना खाएका भाईले विहान ११ बजेतिर रिङ्गाटा लाग्यो भनेको र केहि समयपछि सवै विहोस् भएको बताए । विरामी मध्य ३७ वर्षिय चिज कडेल सामान्य होसमा रहेपनी अरु वेहोस अवस्थामा रहेको जनाईएको छ । विरामीहरुलाई धौलागिरी अस्पताल बागलुङमा अतिआवश्यक उपचारपछि थप उपचारको लागी पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले वताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *