बागलुङमा पहिरो जाँदा ४ जनाको मृत्यु ,१ घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अविरल वर्षासँगै पहिरोले घर वगाउदा बागलुङमा ३ बालबालिका र १ महिलाको मृत्यु भएको छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ खौलेसुमाङमा पहिरोले घर पुरिँदा २ वालवालिकाले ज्यान गुमाएका छन् ।

स्थानीय पानबहादुर बिकका १३ बर्षिय छोरा खिम वहादुर बिक ११ बर्षिय छोरी रिता बिकको ज्यान गएको हो । पहिरोमा परी ३४ वर्षिय होमकुमारी विक घाईते भएकी छन् ।

त्यसैगरी निसिखोला गाउपालिका वडा नं १ मा घर पुरिदा स्थानीय कमल परियारका ३ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नं ५ को खोला किनारमा ६७ बर्षिय जैकला घर्ती मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अबिर बर्षाको कारण ठाउँ ठाउँमा पहिरो गई गोठ भत्किदा २ वटा भैंसी १ वटा गाई मरेको छ भने दर्जनौं घर गोठ जोखिममा परेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *