बागलुङमा नेटवर्किङ बिजनेस गरेको भन्दै बुर्तिबाङबाट चिकित्सक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङमा नेटवर्किङ बिजनेस (क्राउड १) गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङबाट एमबीबीएस डाक्टर बालकुमार सुब्बा पक्राउ परेका हुन्। विगत ५ देखी वुर्तिवाङका निसी क्लिनिकमा काम गर्ने गरेका उनले गत माघ वाट नेटवर्किङ बिजनेसमार्फत ग्राहक बनाई रकम असुल्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सरकारले अवैधानिक मानेको नेटवर्किङ बिजनेस (क्राउड(१)को संजाल विस्तार गरी बागलुङको पश्चिम क्षेत्रमा विभिन्न व्यक्तिलाई सदस्य बनाउने र रकम लिने गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी राजेन्द्र रेग्मीले जानकारी दिए ।

झापाको दमक नगरपालिका घर भएका सुब्बा करिब ५ वर्षदेखि जनरल फिजिसियनको रुपमा गुल्मी र बागलुङका विभिन्न निजी क्लिनिकमा काम गर्दै आएका थिए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *