बागलुङमा दूधको मुल्यमा २५ प्रतिशतले बृद्धि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरस कोभिड १९ को कारणले देशमा बन्दाबन्दी भएको कारण किसानले दूध बिक्री नभएको भन्दै सडकमा पोखिरहेको अवश्थामा बागलुङ जिल्लामा भने दूधको मुल्यमा भारी बृद्धि गरिएको छ ।

सरकारले लकडाउन खुकुलो बनाएको घोषणा गरेर बजार तथा ब्यबसाय समेत राम्रोसँग नखुलिसकेको अवस्थामा बागलुङ दुग्ध ब्यबसायी संघले असार १ गतेदेखि लागू हुने गरि दूधको मुल्यमा २५ प्रतिशत बृद्धि गरेको छ ।

बजारमा पशुको आहारको रुपमा प्रयोग हुने दाना तथा गाई भैंसीमा भएको मुल्य बृद्धिको कारण देखाउदै मुल्या वृद्धि गरेको हो । विगत पाच वर्ष सम्म दूधको मूल्य समायोजन नगरेको भन्दै दूध बाट उत्पादन हुने सबै दुग्धजन्य पदार्थमा मुल्य बृद्वि गरेको जनाएको छ ।

बागलुङ दुग्ध ब्यबसायी संघ ,बागलुङ उद्योग बाणिज्य संघ ,राष्ट्रिय उपभोक्ता मन्च लगायतका सरोकार वाला बिच छलफल गरि समय अनुकुल मुल्य समायोजन गरेको राष्ट्रिय उपभोक्ता मन्चले दावी गरेकोे छ ।

बागलुमा बार्षिक करिव १५ करोड वारावरको दूधको कारोरवार हुने गरेको छ । जिल्लामा व्यवसायीक पशुपालन गर्नेको संख्या वढेसंगै बागलुङ दूधमा आत्मनिर्भर वन्दै गएको छ ।

बागलुङ बजारमा बागलुङ दुग्ध सहकारी संस्था लगायतले आम उपभोक्तालाई बिक्रीवितरण गर्ने दूध, दही ,पनिर ,घ्यू , छुर्पी ,नौनी ,लगायतका दुग्ध जन्य पदार्थमा एकाएक मुल्य बृद्वि भएपछि आम उपभोक्ता भने मर्कामा परेका छन् ।

अहिले बृद्धि गरेको दूधको मूल्यले किसानलाई भन्दा पनि उद्योगीलाई नै फाइदा हुने देखिएको छ । बजारमा दूध तथा दुग्ध जन्य पदार्थको मुल्य भए पनि आम उपभोक्ताले भने अहिलेसम्म गुणस्तरीय दूध भने पाउन नसकेको गुनासो पटकपटक आएपनि बजार अनुगमन हुन नसक्दा बिचौलिया मोटाउने काम भने फस्टाएर गएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *