बागलुङको भुजीखोला बाढी १३ जनाको मृत्यु ३८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

निरन्तर वर्षाको कारण बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ६ देखि ९ मा आएको बाढीको बाढीका कारण १३ जनाको मृत्यु भएको छ । सो घटनामा अहिलेसम्म ३८ जना ब्यक्तिहरू हराइरहेका छन् भने ४० घर गोठ पूर्ण रुपमा ध्वँस्त भएका छन् ।

नेपाली सेना प्रहरी र स्थानीयको सक्रियता बिहिवार दिनभर उद्वार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।बाढी पहिरोले ठूलो मानवीय क्षति पुर्याएपछि गृहमन्त्री रामबहादुर थापा सहितको टोली हेलिकप्टरबाट आएपनि मोसम अनुकूलता नहुदा काठमाडौ फर्किएको थियोे ।

दिउँसो मौसम खुलेपछि बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष दोर्ण कुवँर सहितको टोली हेलिकप्टरबाट पुगि बाढी पहिराले घर बाँस गुमाएका पिडितहरू लाई चामल दाल नुन तेल र त्रिपाल बितरण गरेको थियोे ।तारा खोला गाउँ पालीकाले पनि नगद सहयोग गरेको तारा गाउँ पालीका अध्यक्ष प्रकाश घर्तीले बताए ।

आज बिहान देखि फेरि उद्वार कार्य जारी रहने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएकाहुन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *