बागलुङ बाढीपहिरो अपडेट : ११ जनाको शव भेटियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रासस – बागलुङको ढोरपाटन नगरपालिकामा गएराति बाढी तथा पहिरोमा बेपत्ता भएकामध्ये १३ जनाको पहिचान भएको छ।चारजनाको शव फेला परेको छ। ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्कविहीन भएका थिए।

उनीहरूमध्ये ढोरपाटन नगरपालिका-९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन्।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका-३ भुजिखोला किनारमा अन्दाजी ३०र३२ वर्षको पुरुषको शव फेला परेको छ। ढोरपाटनकै वडा नम्बर ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०र३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए। त्यस्तै बडिगार्ड गाउँपालिका-५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड-७ खोप्चेमा अन्दाजी १२र१३ का पुरूषको शव फेला परेको छ।

शवको सनाखत हुन सकेको छैन। प्रहरी भर्खरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भइरहेकाले सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दैछ।

 

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *