बागलुङका टेलरिङ ब्यबसायी संकटमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिश्वब्यापि रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि देशमा सरकारले गरेको लकडाउन खुकुलो भएपनि यसको प्रत्यक्षमा मारमा परेको सिलाइ ब्यबसायी भने माथि उठ्न सकेको छैन । नेपालीहरूको महान चाड दशै नजिकिए पनि कुनै रौनक आएको छैन ।

सरकारले देशमा लकडाउन खुकुलो गरि सबै उद्योग ब्यबसाय संचालन गर्न निर्देशन दिएपनि बागलुङ सदरमुकाममा रहेका कपडा तथा टेलरिङ्ग ब्यबसाय माथि अझैसम्म कोरोनाको प्रभावको कारण सिलाइ तथा कपडा ब्यबसायी माथि उठ्न सकेका छैनन् ।

नेपालीको महान चाडपर्व वडा दशै नजिकै आएपनि कोरोनाका कारण बागलुङ सदरमुकाममा रहेका ठूला तथा साना सबै टेलरिङ्ग सेन्टरमा काम कारोवार राम्रोसँग संचालन हुन नसक्दा व्यवासी शंकटमा परेका छन् । टेलरिङको काम लाई मुख्य पेसा वनाएर काम गर्ने श्रमिकको रोजगारी संकटमा परेको छ । दशै लाई लक्षित गरि ब्यबसायमा लगानी गरेपनि अहिले कुनै उत्साह नदेखिएको कपडा तथा सिलाई ब्यबसायी बताउँछन् ।

विगतका वर्षमा यो समय बागलुङका सिलाइ ब्यबसायीलाई बिहान देखि बेलुका सम्म काम गर्न भ्याइनभ्याई हुने बेला हो तर कोरोनाको प्रभाव कायमै रहेकोले कारणले व्यवास शंकटमा परेको छ । सरकारी तथा निजी बिद्यालय सबै बन्द हुदा नयाँ शैक्षिकसत्रको ठेगान नहुदा बिद्यार्थीको ड्रेस सिलाउने लगाएतको सबै काम ठप्प हुदा ब्यबसायी समेत धराशायी बन्ने अवस्थामा पुगेको सिलाई ब्यबसायी सुजन परियारले बताए ।

सरकारले लकडाउन खुकुलो बनाएपछि बागलुङ बजारमा केही चहलपहल देखिएपनि नयाँ कपडा सिलाउनेमा गतबर्षको तुलनामा निकै कमि आएको ब्यबसाहरु वताउछन् ।बागलुङ सदरमुकाममा सानो तथा ठूलो गरि ३ दर्जनभन्दा बढी टेललिरिङ ब्यबसायीहरूले एकसय जना भन्दा बढी श्रमजीवी लाई रोजगारी समेत दिइरहेको भए पनि पसलमा प्रयाप्त काम कारोवार नहुदा थप समस्या सृजना भएको छ ।

१० हजार देखी ५० हजार सम्म मासिक घर भाडा तिरेर व्यवसाय संचालन गरेका व्यवसायी व्यापार नहुदा ऋणको वोझ थपिना थालेको गुनासो गरेका छन् । बैंक तथा बित्तीय संस्था र सहकारी बाट ऋण लिएर काम कारोवार गर्दै आएका ब्यबसायी शंकटमा छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *