•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने भएको छ । गत असोज ६ गतेको मन्त्रिपरिषद् बैठकले बागलुङ र सिन्धुपाल्चोक जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने तयारी गरेको हो ।

बागलुङमा वर्षात सुरु भए देखि हाल सम्म बाढी, पहिरोको विपद्बाट ५ सय ९० घर परिवार विस्थापित भएका छन् ।विस्थापित हुनेमा सबै भन्दा बढी ढोरपाटन नगरपालिकामा छन् । जहाँ १ सय ४४ घर परिवार विस्थापित भएका छन् । निसीखोलामा पनि १ सय २६ परिवार, बागलुङ नगरपालिकाका ६५, जैमिनी नगरपालिकाका ५६, गलकोट नगरपालिकाका ३३, काठेखोला गाउँपालिकाका ४२, ताराखोला गाउँपालिकाका २८, बडिगाड गाउँपालिकाका ६४, बरेङ गाउँपालिकाका ४३ र तमानखोला गाउँपालिकाका ६ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

बाढी पहिरोका कारण घर जोखिममा परे पछि विस्थापित परिवारको पुर्नस्थापनको लागि जिल्ला विपद व्यवस्थापन समितिले गृह मन्त्रालय विपद अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखामा अनुरोध गर्ने निर्णय गरेको छ ।जिल्लामा असारदेखि हालसम्म बाढी पहिरोमा परि ३८ जनाको ज्यान गएको छ । त्यस मध्ये ढोरपाटन नगरपालिकाका २४ जना, निसीखोलाका ४ जना, तमानखोलाका २, बडिगाडका २, जैमिनीका ३, ताराखोलाका १ र काठेखोला गाउँलिकामा १ जनाको ज्यान गएको छ । १६ जना अझै बेपत्ता छन् ।

वाढी तथा पहिरो वाट विस्थापित भएका हरुलाई विभिन्न संघ संस्था, विभिन्न व्यक्तिहरुले सहयोग अभियान चलाई रहेका छन् । आर्थिक लगायत खाद्यान्न सामग्रीहरु समेत जुटि रहेको छ । बागलुङको ढोरपाटनका वाढी पीडितहरुका लागी हालसम्म ८० लाख रुपैयाँ नगद संकलन भएको छ ।बाढी पीडितहरुका लागि ढोरपाटन नगरपालिकाले एकद्धार प्रणाली मार्फत राहत वितरण गरिने ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले जानकारी दिए ।

बाढीले १ सय ४४ घरमा क्षति पुर्ण र २ घरमा आंसिक गरी १ सय ४६ घरमा क्षेती पुगेको ढोरपान नगरपालिकाका मेयर देव कुमार नेपालीले वताए । ११ वटा जलविद्युत केन्द्रमा क्षति पुगेको छ । एक स्वास्थ्य ईकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५ वटा काठेपुल १० र दुई विद्यालयमा क्षति पुराएको छ ।भुजीखोलाको बाढीले लाँकुरीबोट, सुकुरदुङ, घट्टबोट, दुनापँधेरा, दुवाल र फलेघरका गरी १ सय ४६ परिवार विस्थापित भएका छन् । उनीहरूमध्ये केहीले पाल टाँगेका छन् भने धेरैजसो गोठ र आफन्तको घरमा बसेका छन् । २२ जनाको मृत्यु भएको उक्त बाढीपहिरोमा १६ जना बेपत्ता छन् ।

बुर्तिवाङदेखि ढोरपाटनसम्मको झन्डै २० किमी सडक क्षतविक्षत छ । खाद्यान्न किनेर ल्याएकाहरूले पनि कष्टकर यात्रा गरिरहेका छन् । अत्यावश्यक सेवाका लागि जोखिम मोलेर हिँड्नुपरेको छ ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *