बागमतीमा महिला भन्दा पुरुष बढि संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना संक्रमणको दर बढ्दै जादा संघिय राजधानी समावेस रहेको बागमती प्रदेशमा महिला भन्दा पुरुष बढि देखिएका छन् । समाजिक बिकास मन्त्रालयको तथ्याङक अनुसार बागमतीका १३ जिल्लामा महिलाको तुलनामा दोव्वर पुरुषमा कोरोना संक्रमण देखिएको हो । प्रदेशमा कुल संक्रमितको ३३ दशमलव ९ प्रतिशत महिला र पुरुषमा ६६ दशमलब १ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाई बताए ।

संक्रमणको दर बढ्र्द गएपछि महिलाको तुलनामा पुरुष बढिमात्रामा हिड्ने भएकाले पनि दर बढिभएको हुन सक्ने उनको भनाई छ । कोरोनाबाट सचेत रहनु भन्दा पनि सावधानी नअपनाएर संक्रमण फैलदै गएको उनले बताए । संक्रमणका कारण प्रदेशमा ४२ जनाको मृत्यु भइसकेको छ । ५ सय ३७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पहिलेको तुलनामा एकै दिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले सम्म बागमती प्रदेशमा ६ हजार ६ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि स्थानीय समुदायमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको डाक्टर सेढाइले बताए । संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

मकवानपुरमा ३६ प्रहरीमा संक्रमण

लागुऔषधको कारोवारी र मोटरसाइकल चोरी गर्ने २ जनाबाट फैलिएको कोरोना संक्रमणबाट ३६ प्रहरी संक्रमित बनेका छन् । हिरासतमा रहेका २ जनाबाट फैलिएको संक्रमणसँगै बिदा बसेर आउँने र सरुवा भैआउने पनि संक्रमित देखिदा जोखिम बढेको प्रहरी उपरिक्षक सुसिल सिं राठोरले बताए ।

उनको अनुसार संक्रमणसँगै हेटौंडामा कार्यरत सात जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हेटौंडा–१०, बसपार्क बिटमा कार्यरत् सात प्रहरी कोरोना रिपोर्ट नेगेटिभ आएसँगै हेटौंडा–६, गौरीटार र हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डबाट डिस्चार्ज भएका हुन् ।

प्रादेशिक प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा सात जना प्रहरीमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहदै आएका थिए । फलोअप रिपोर्ट नेगेटिभ आएपछि उनीहरू आइसोलेसनबाट डिस्चार्ज गरिएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईले बताए । अहिले पनि दैनिकजसो प्रहरीलाई कोरोना पुष्टि भइरहेको छ व्यवस्थापनमै समस्या सिर्जना हुन थाल्यो प्रहरी उपरीक्षक सुशीलसिं राठौरले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *