बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको र छिटै उद्घाटन समेत हुने खानेपाली तथा सरसफाईमन्त्री बिना मगरले जानकारी दिनुभयो ।

शनिबार उक्त प्रशोधन केन्द्रको निरिक्षण गर्दै मन्त्री मगरले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको बताउनुभयो । केन्द्रको निर्माण हुन बाकी ५ प्रतिशत पनि छिटै सम्पन्न हुने उहाले दावी गर्नुभयो । निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने उहाले बताउनुभयो । उक्त केन्द्र सञ्चालमा आएपछि हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै उहाले बागमतिमा ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिनुभयो ।

उक्त केन्द्र आगामी पुससम्ममा निर्माणकार्य सम्पन्न गर्ने तयारी छ । एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने बताइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *