बाके प्रहरीले फरार ३ सय ६१ प्रतिवादीहरुलाई पक्राउ गर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके प्रहरीले साढे तीन महिनाको अबधिमा विभिन्न आपराधिक मुद्दामा फरार रहेका ३ सय ६१ प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ । बाँके जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग, जबर्जस्ति करणी, किर्ते नागरिकता मुद्दा, लागू औषध कारोबारी, जालसाझि, गौबध, अपहरण, शरिर बन्धक जस्ता बिभिन्न आपराधिक मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ को एक वर्षको अबधिमा ५४ जना फरार अपराधी पक्राउ गरिएकोमा चालु आर्थिक वर्ष २०७७÷०७८ कोे साढे तिन महिनाको यो अवधि सम्म ३ सय ६१ जनालाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ । फरार अपराधीलाई पक्राउ गर्ने अभियान निरन्तर चलिरहेको र आफू गत असार महिनादेखि बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले देखि हाल सम्म ३ सय ६१ फरार अपराधी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना बताउछन् । उनले गत असार देखि हाल सम्म अदालतबाट फैसला भएका ३ सय १५, मुलतवीबाट २३ र चालु मुद्दाबाट २३ गरि जम्मा ३ सय ६१ जना फरार अपराधि पक्राउ गरिएको बताउदै फरार प्रतिवादीबाट बाँके प्रहरीले ११ लाख ६८ हजार ५ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न सफल भएको र पक्राउ परेका प्रतिबादीहरु सबैको कैद सजाय ९८ बर्ष २ महिना २० दिन रहेको बाँके प्रहरीले जनाए ।

बाँके जिल्ला अदालतको तत्थ्यांक हेर्दा २ हजार २ सय १० जनाको मुद्दा फैसला भएको र जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको १ सय ४८ जना गरि जम्मा फरार प्रतिवादी २ हजार ३ सय ५८ जना मध्ये ३ सय ६१ जनालाई पक्राउ गरेको एसपि राना बताउछन् ।

यसै अवधिमा बाँके प्रहरीले ब्राउन सुगर १ सय २४ ग्राम, चरेश ३ किलो ५ सय ग्राम, अफिम १४ किलो, गाँजा १३ किलो, कोरेक्स २२ लिटर र नाईट्रोजेपाम ६० ट्याब्लेट बरामद गर्न सफल भएको छ भने यसमा संलग्न ४६ जनालाई पक्राउ गरेको र ३५ जनामाथि मुद्दा दर्ता गरेको छ । एसपी रानाले आफू बाँकेमा सरुवा भएर आउने बित्तिकै हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्नेगरि विभिन्न १७ बुँदे कार्ययोजना अगाडी सारेका थिए । बाँके प्रहरी प्रमुखको साढे तीन महिना भित्र भए गरेका कामहरु हेर्दा एसपी रानाले आफुले ल्याएका १७ बुँदे कार्ययोजना कार्यान्वयन सफलताका साथ सम्पन्न गर्ने अनुमान गरिएको छ । तर, बाँके जिल्ला भारतीय खुला सिमानासङ्ग जोडिएकाले अपराध गरेर सिमा पारी भाग्ने, गुण्डागर्दी, हत्या, तस्करी, प्राकृतिक श्रोतको दोहन लगायतका समस्याहरुको चुनौती पनि एसपी राना समक्ष रहेका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *