बाकेमा सलह किराको ठुलो झुण्ड प्रवेश गर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारत हुँदै ठुलो सलहको झुण्ड पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा प्रवेश गरेको छ । दोस्रो पटक सलहको समूह प्रवेश पाँच नम्बर प्रदेशमा प्रवेश गरेको हो । बाँकेको नरैनापुर ६ गंगापुरमा लाखौंको संख्याको सलह झुण्ड हिजो बेलुका देखिएको छ । सलहले रुखमा बसेका वोट विरुवा र खाद्यान्न्को पात खाुनका साथै रुखका हाँगा समेत भाँचेको छ । बालीमा भने क्षति नपु¥याएको स्थानीयले बताएका छन ।

सलह भित्रिएपछि स्थानीयले थाल ठटयाएर, आगो बालेर हल्ला गरेर भगाउने प्रयास गरिरहेका छन । सलहको समूह गंगापुरबाट पश्चिम डुडुवा हुँदै नेपालगन्ज आसपासका क्षेत्रसम्म पुगेको छ ।

दुई साता अघि पनि नेपालमा सलहका ससाना झुण्डहरू भित्रिएका थिए । अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको बगाल नेपाल प्रवेश गरेको प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केही दिन अघि एउटा सानो समूह दाङ हुँदै प्युठानसम्म पुगेको थियो । केन्द्रले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्यपहाडी क्षेत्रमा सलहले क्षति पु¥याउनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *