बाकेमा भयानक दुर्घटना,३ दिने शिशु सहित २जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एम्बुलेन्सलाई ट्रकले ठक्कर दिदा ३ दिने शिशुको ज्यान गएको छ ।

बाँकेको शम्सेरगन्जमा सुत्केरी बोकेको एमबुलेन्सलाई ट्रकले ठक्कर दिदा ३ दिने शिशुको ज्यान गएको हो । दुर्घटनामा एम्बुलेन्स चालक र ३ दिने नवजात शिशुको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाईते भएका छन । सल्यान छत्रेश्वर गाँउपालिका १ घर भएका एम्बुलेन्स चालक चित्र बहादुर सुनारको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगन्जबाट दाङ तर्फ जाँदै गरेको रा १ ज १०६१ नम्बरको एम्बुलेन्सलाई बिपरित दिशाबाट आईरहेको ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको थियो शनिबार पौने २ बजे भएको दुर्घटनामा सुत्केरी महिला र उनका श्रीमान गम्भीर घाईते भएको र उनिहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले एम्बुलेन्सलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवशयक कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *