बाँकेमा समुदायमा कोरोना संक्रमण बढेपछि आइतबारदेखि ३ दिन निषेधाज्ञा लागू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गरिने भएको छ । जिल्ला स्तरीय कोविड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को आज बसेको आपतकलीन बैठकले उक्त निर्णय गरेको केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

समुदायस्तरमा कोरोना फैलिएपछि तीन दिन पूर्णरुपमा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । आज मात्र बाँकेमा समुदायमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिसीएमसीको आपतकालीन बैठक बसेको हो । केही दिन अघि नेपालगन्जको त्रिभुवन चौकमा एक जना मिठाई पसलेमा कोरोना पोजिेटिभ देखिएपछि उनको सम्पर्कमा आएका १६ जना र आन्तरिक राजश्व कार्यालय नेपालगन्जका एक जना अधिकृतमा देखिँदा आन्तरिक राजश्वका कर्मचारी उनीहरुका परिवारमा पिपिआर जाँच गर्दा ११ जनामा कोरोना देखिएको छ ।

त्यस्तै केही दिन अघि यातायात व्यवस्था कार्यालयका एकजना कर्मचारीमा र त्रिभुवन चौकमा मजदुरमा पनि कोरोना देखिएको थियो । बाँकेमा पिसिआर परीक्षण बढाउने तयारीसमेत गरिएको छ । हालसम्म बाँकेमा ४३४ जनामा कोरोना पोजेटिभ देखिएकोमा २ जनाको मृत्यु भएको छ । ३८१ आइसोलेसनमा बसेर घर फर्किएका छन् भने ५१ जना आइसोलेसनमा छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *