बाँकेमा लागूऔषध र नगदसहित चार जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँकेमा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । ४४ ग्राम ३ सय ८० मिलीग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकसहित चार जना आइतवार बेलुका कोहलपुरमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडानं.९ का ३४ वर्षीय कृष्ण बुढा, सोही ठाउँका २१ वर्षीय सबिन चौधरी, नेपालगञ्ज १३ बस्ने २० वर्षीय सञ्जय लोनिया र भारतीय नागरिक कासिम शेषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुरस्थित धिताल पेट्रोलपम्प अगाडीबाट पक्राउ परेका बुढा र चौधरीको साथबाट १६ ग्राम ५ सय २० मिलीग्राम, नेपालगन्ज–२० मनिकापुरबाट पक्राउ परेका लोनियाको साथबाट १७ ग्राम ८ सय ६० मिलीग्राम र कोहलपुरको गोलपार्कबाट नियन्त्रणमा लिइएका शेषको साथबाट १० ग्राम ब्राउन सुगर र डिजिटल तराजु बरामद भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । चारै जनाको साथबाट १ लाख ३९ हजार १ सय ४० रुपयाँ नगद बरामद गरिएको उनले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *