बाँकेमा तनाब बडेपछि गोली चल्यो, प्रसासनद्वारा कर्फ्यू आदेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाँके विद्यार्थीको प्रदर्शन चर्किएपछि बाँकेमा कर्फ्यू लागेको छ। ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले चर्को प्रदर्शन गरेका थिए।

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए ।

कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको थियो। विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।

प्रहरीको हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको बताए। झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताइएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *