बाँकेको जानकी गाउँपालिकाकामा जग्गा विवाद स्थानीय आन्दोलीत,अवस्था तनावपूर्णबन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने तयारी गरेपछि बाँकेको जानकी गाउँपालिकाका स्थानीयले आन्दोलन तीब्र पार्न थालेका छन् । जानकी वडा नं। ३ स्थित रहेको उक्त जग्गा मन्दिरको भएको भन्दै सरकारले जग्गा खोस्न तयारी गरेपछि जग्गाधनीहरुले आन्दोलनलाई तीब्रता दिएका हुन् ।

जग्गाधनीहरुले सरकार बिरोधी नारा लगाउँदै बुधवार नेपालगञ्ज उपमहानगरपालिकाको मुल ढोकामा टायर बालेर बिरोध जनाएका छन् । सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि जग्गाधनीहरुले आन्दोलन शुरु गरेका हुन् ।
उनीहरुले भोग गर्दै आएका व्यक्तिको जग्गाबारे सत्यतथ्य बुझेर मात्र निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् । सदियौंदेखि तिरो तिरिरहेको जग्गा कसरी गुठीको भयो भन्दै जग्गाधनीहरुले आक्रोश पोखेका छन् । सरकारले आफ्नो निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *