बहुमुल्य पथ्थर हीरा, नीलम, पन्ना, रुबी र मुगा बेच्न हिंडेका पाँच जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरीले ठूलो परिमाणमा बहुमूल्य पत्थरहरु हीरा, नीलम, पन्ना, रुबी र मुगा बेचबिखनमा संलग्न पाँचजनालाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरीले बिहीबार संचालन गरेको विशेष कारबाहीमा उनीहरुलाई पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार स्वयम्भू भगवानपाउ बाट सुन जस्तो देखिने पहेंलो रङको धातुमा हीरा जस्तो देखिने पत्थर ठूलो १ थान, सानो पत्थर १९ थान, नीलम जस्तो देखिने पत्थर १३ थान, पन्‍ना जस्तो देखिने पत्‍थर १९ थान र रुबी जस्तो देखिने पत्थर २२ थान सहित २ जनालाई पक्राउ गरेको हो।

यो घटनामा काठमाडौं टोखा नगरपालिका–३ धापासी बस्ने सुनसरी धरान महानगररपालिका–१६ घर भएका ३९ वर्षीय बिक्रम सिंह चौधरी र टोखा नगरपालिका–१० बस्ने गोरखा धार्चे गाउँपालिका–६ घर भएका २३ वर्षीय सुरेश घले पक्राउ परेका हुन्।

प्रहरीले बहुमूल्य पत्थर हीराको कारोबार हुन लागिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा ७७ प ८५८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बहुमूल्य पत्थर सहित उनीहरुलाई पक्राउ गरेको थियो।

यस्तै बिहीबार साँझ नै सोही क्षेत्रबाट ५७ ग्राम बराबरको मुगा जस्तो देखिने माला ७ पिस सहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका–१ घर भएका ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–९ घर भएका ३२ वर्षीय दीपेन्द्र थापा र टोखा नगरपालिका–११ बस्ने कन्चनपुर भिमदत्त नगरपालिका–१९ घर भएका २९ वर्षीय रामबहादुर सिंह रहेका छन्।हिमाल खबरबाट

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *