बहराइनी राजपरिवार सदस्यको टोली लोबुचे आरोहण गरेर काठमाडौं फर्कियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बहराइनी राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले खुम्बु क्षेत्रमा रहेको लोबुचे हिमालको सफल आरोहण गरेको छ। उनको टोलीमा गएका १८ सदस्यीय टोलीमध्ये १६ जनाले ६११९ मिटरको उक्त हिमाल शनिबार बिहान ८:३० मा सफलआरोहण गरेर काठमाडौं फर्किएका छन्।

उक्त टोली आरोहण सकेर १८ असोज यानीकी आइतबार हेलिकप्टरमार्फत् काठमाडौंमा फर्किएका हुन्। शेर्पाका अनुसार यो टोली पुनः काठमाडौंको होटलमा बस्ने र दुई दिनपछि मनास्लु हिमाल आरोहणका लागि जाने भएको छ।

आरोहण टोलीलाई सहयोग गर्ने, गाइड, पोर्टर, सहयोगीसहित १०० जनालाई खटाइएको शेर्पाले जानकारी दिएकाछन्। नेपालमा आएको यो उच्चपदस्थ विदेशी टोलीलाई आवश्यक सेवा र सुविधा सबै दिनुपर्ने भएकोले ठूलै समूह परिचालन भएको सेभेन समिटको भनाइ छ।

३१ भदौमा काठमाडौं आइपुगेको टोली र एक साता गोकर्ण फरेष्ट रिसोर्टमा क्वारेन्टिनमा बसेको थियो। टोलीले गोरखाको मनास्लु पनि आरोहण गरेर मात्रै बहराइन फर्कने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *