बहराइनका राजकुमार हिमाल आरोहणकालागी लुक्ला पुगे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमारको टोली बिहीबार सोलुखुम्बुको लुक्ला पुगेको छ । छ हजार ११९ मिटरको उचाईं रहेको लुबुचे हिमाल आरोहण गर्न बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफाको १५ सदस्यीय टोली र तीन बेलायती नागरिकको टोली लुक्ला पुगेको हो ।

राजकुमारसहितका पाँच जना हेलिकप्टरबाट लुक्ला प्रस्थान गरेका हुन् भने टोलीका अन्य सदस्य, पथप्रदर्शक तथा जहाजबाट लुक्ला पुगेका छन् । टोली बिहीबार लुक्ला नजिक रहेको फाक्दिङमा बस्ने बताइएको छ । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

टोलीले नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति लिएको छ । भदौ ३१ गते नेपाल आएको टोली गोकर्ण फरेस्ट रिसोर्टको क्वारेन्टिनको बसाईंपछि कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि लुक्ला आएको हो । राजकुमारको टोली सेभेन समिट ट्रेक मार्फत ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *