बसभित्र चुम्बन गर्न नमान्दा किशोरद्वारा दुई युवतीमाथि दुर्व्यवहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुई महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् । गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

नाम नखुलाइएका क्रमशः १५, १६ र १७ वर्षीय तिनीहरुले यसअघिसम्म आफूमाथि लगाइएको धम्की दिएको तथा दुर्व्यवहार गरेको अभियोथ अस्वीकार गर्दै आएका थिए । तर अन्ततः तिनीहरुले बेलायत हास्वरी कर्नर युवा अदालतसमक्ष कानुन तोडेको तथ्य स्वीकारेका छन् ।

ती १७ वर्षीय किशोरमाथि न्युटनको अदालतमा कतै बाहिरका मानिसलाई स्थानीय क्षेत्रमा घृणा गर्ने नीतिअनुसार व्यवहार गरेको त होइन भन्नेबारे थप सुनुवाई हुने बताइएको छ । तिनीहरु सबैलाई आगामी २३ डिसेम्बरमा युवा अदालतमै सजाय तोकिने भएको यो । यो खबर आजको नेपाल समाचारपत्रले लेखेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *