बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे हुँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वलेवा विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्र हुने भएको छ । विमानस्थल बाह्रैमहिना सञ्चालन गर्न धावनमार्ग कालोपत्र थालिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

धावनमार्ग कालोपत्र गर्न नागरिक उड्डयन प्राधिकरणले यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले सो काम थालिएका जनाइएको छ । बागलुङ क्षेत्र नं १ का सांसद डा सूर्य पाठकका अनुसार अर्को वर्ष पुन ः रु तीन करोड रकम छुट्टाइनेछ ।

विसं २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरीसक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ ।
काष्ठमण्डप उमा एण्ड कम्पनी जेभिले जिम्मा लिएको छ । विमानस्थलको धावनमार्ग र विमान पार्किङ स्थलकालोपत्रे हुने भागलाई कटिङ गर्ने, विमानस्थल वरपर नाली निर्माण गर्ने र तारबार लगाइदै छ ।

्विगत २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेबाट पुनःसञ्चालनमा आएर नेपाल एयरलाइन्स तथा तारा एयलाइन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधारको अभावमा बन्द रहेको विमानस्थलको धावनमार्गको कालोपत्रे हुनेभएपछि नियमित संचालन हुने संकेत देखिएको हो ।

नारायणस्थानको विमानस्थल सञ्चालन लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याले २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनःबन्द भएपछि नागरिक उड्डन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्र गर्न बजेट विनियोजन गरेको हो ।

सांसद पाठकले तीन वर्षमा पूर्णरुपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी विमानस्थलको धावनमार्ग बाहेकको टर्मिनल टावर मर्मतलगायतका अन्य संरचना निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए ।

यो विमानस्थल नियमित संचालनमा आए धौलागिरिका बागलुङ, पर्वत र म्याग्दीका जनतालई हवाई सेवामा सहज हुनेछ ।कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । पर्वत सदरमुकामबाट ५ मिनेटको यात्रामा पुगिन विमानस्थल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसके विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *