बलीउडका चर्चित हाँस्य कलाकार जगदीपको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बलीउडमा ‘सुरमा भोपाली’ नामले चर्चित हिन्दी वरिष्ठ हाँस्य कलाकार जगदीपको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो ।जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् ।

जगदीपले ४ सयभन्दा बढी हिन्दी चलचित्रमा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम चलचित्र हो ।सन् १९७५ मा बनेको शोले चलचित्रमा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले बलिउडलाई चर्चित बनायो ।त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । उनको आज अन्त्येष्टि गरिने छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *