बलिउड स्टार अभिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बलिडड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजिटिभ रिपोर्ट आएपछि बाउछोरालाई नै गएराति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।

अमिताभ आफैँले कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन् । उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्रमणको परीक्षण गर्न आग्रह गरेका छन् ।

अमिताभकी पत्नी जया बच्चन र अभिषेककी पत्नी एवं अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ । उनको रिपोर्ट भने आज आउने बताइएको छ । ७७ वर्षीय यी भारतीय सुपरस्टार बच्चनले पछिल्लो ५० वर्षमा सयौँ भारतीय चलचित्रमा काम गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *