बलिउड सुपरस्टार अमिताभ र अभिषेकले जिते कोरोनालाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर महामारीरुको रुपमा फैलीएको कोरोना भाईरसको प्रभावबाट चर्चीत व्यत्तीहरुपनी बच्न सकेका छैनन । यसै क्रममा कोरोना संक्रमण देखिएका बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनले कोरोनालाई जितेसँगै उनीहरु घर फर्किने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विगत २ हप्तादेखि मुम्बाईको नानावटी अस्पतालमा उपचार गराइरहेका अमिताभ र अभिषेक कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ ।

भारतीय मिडियाका अनुसार पछिल्लो पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सोही अस्पतालमा उपचाररत नायिका ऐश्वर्या र छोरी आराध्याको कोरोना रिपोर्ट भने आउन बाकीँ रहेको जनाइएको छ ।उनीहरु केही दिन होम क्वारेन्टाइनमा बसेपछि सोही अस्पतालमा भर्ना भएर उपचाररत छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *