बलिउड प्रकरण :अनुराग कश्यपलाई बलात्कार मुद्दामा मुम्बई प्रहरीद्वारा सोधपुछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बलिउडका चलचित्रकर्मी अनुराग कश्यपलाई मुम्बई प्रहरीले बलात्कार मुद्दामा सोधपुछ गरेको छ। पछिल्लो साता उनीविरुद्ध नायिका तथा मोडल पायल घोषले यौन दुराचारको आरोप लगाएकी थिइन्। तर निर्माता तथा निर्देशक कश्यपले आफूमाथि लागेको आरोप आधारहीन भएको बताएका थिए।

अनुरागकी वकिल प्रियंका खिमानी पनि प्रहरी चौकि गएकी थिइन्। घोषले महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारी लगायत केही राजनीतिज्ञसँग अनुराग कश्यपलाई पक्राउ गर्नुपर्ने निवेदन गरेकी थिइन्। उनले अनुरागलाई पक्रन ढिला गरिएको भन्दै प्रश्न गरेकी छन्।

साथै आरोप लगाउने नायिकाले मन्त्री समक्ष असुरक्षा भएको भन्दै वाई प्लस सुरक्षाको माग गरेकी छन्। नायिका घोषले सन् २०१३ मा आफूमाथि उनले जबरजस्ती गर्न खोजेको बताएकी छन्। आफूमाथि दुर्व्यवहार भएको रिचा चड्डा, माहि गिल र हुमा कुरेसीलाई पनि थाहा भएको बताएकी छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *