बलिउड अभिनेता विवेक ओबरोयको घरमा प्रहरीको छापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेता विवेक ओबरोयको मुम्बइस्थित घरमा बैंलुरु प्रहरीले छापा मारेको छ । विवेकका भान्जा आदित्य अल्वा संलग्न रहेको दावी गरिएको एक ड्रग्स केसको अनुसन्धानको सिलसिलामा विहिबार विवेकको घरमा छापा मारिएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ ।

‘आदित्य अल्वा फरार छन् र विवेक ओबरोय उनका आफन्त हुन् । हामीले अल्वा विवेकको घरमा भएको सूचना पनि पाएका थियौं त्यसैले हामीले जाँच गर्न चाहन्थ्यौं । त्यसैले अदालतबाट सर्च वारेन्ट लिएर क्राइम ब्रान्चको टिम त्यहाँ गएको थियो’ एक पुलिस अधिकारीले भने ।

आदित्य अल्वाको बैंगलोरस्थित घरमा पनि छापा मारिएको छ । कर्नाटकाका पूर्व मन्त्री जीवराज अल्वामा छोरा आदित्य अल्वामाथि कर्नाटका फिल्म उद्योगका गायक तथा अभिनेताहरुलाई ड्रग्स सप्लाइ गरेको आरोप लागेको छ । यो केसमा अभिनेत्रीहरु रागिनी द्विवेदी र सन्जना गलरानी पक्राउ परिसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *