बलात्कार गरेको आरोपमा वडा सचिव पक्राऊ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरीको भंगहा नगरपालिका वडा नं. ९ हरिणमरी गाउँकी एक दलित महिलालाई बलात्कार गरेको आरोपमा वडा सचिव पक्राऊ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीका अनुसार भंगहा नपा ९ का वडा सचिव ५२ वर्षीय मिथिलेश यादवले स्थानिय एक ३५ वर्षीया दलित महिलालाई बलात्कार गरेको आरोपमा आफ्नो घरबाटै पक्राऊ परेका हुन् ।

गाउँमै लाग्ने हाट बजारबाट तरकारी किनेर घर जाँदै गरेको अवस्थामा वडा सचिव यादवले स्थानिय मुसहरी टोलका दलित महिलालाई बाटोमा बलात्कारको प्रयास गरेको प्रहरीको भनाइ रहेको छ । यता वडा सचिव यादवको पक्षमा बलात्कारको घटना मिलाउन राति गाउँ (हरिणमरीमा) पञ्चायत समेत बसेको जनाइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *