बर्दियामा बाघले हात्ती माउतेको ज्यान लीयाे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया राष्ट्रिय निकुञ्ज हात्तिसारबाट हात्ति चराउन गएका माउतेलाई पाटे बाघले आक्रमण गरेको छ । हात्ति चराउन गएका २ जना मध्ये १ जना माउतेलाई बर्दिया राष्ट्रिय निकुञ्जको गैडा मचानबाट पाटे बाघले आक्रमण गरी जंगल तर्फ लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । ठाकुरबाबा नगरपालिका वडा नं.–७ मोहनपुर बस्ने वर्ष ४२ का मंगरे थारु बाघको आक्रमणमा परेका हुन । उनको शव जंगलमा क्ष्यत विक्ष्यत अवश्थामा फेला परेको प्रकृती संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताएका छन् । यस अघि पनि बर्दियामा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भैसकेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *