बर्दियामा प्रहरी र विप्लवकार्यकता बिच गोली हानाहान, गाली लागी प्रहरी जवान घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बर्दिया(गुलरिया) – बर्दियाको ढोढरिमा विप्लवको चलाएको गोली लागेर प्रहरी जवान गंगाराम थारु घाईते। घाइते थारुलाई थप उपचारका लागि सदरमुकाम गुलरिया ल्याउदै गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। एनसेलको टावरमा आगो लगाउन आएका विप्लवका कार्यकर्ता मधुवन नगरपालिकाको ढोढरी गाँउको जंगलमा लुकेर बसेको गोप्य सूचनाको आधारमा खोजतलासका क्रममा पक्राउ गर्न खोज्दा विप्लवका कार्यकर्ताले चलाएको गोली खुट्टाको तिघ्रामा लागेर थारु घाइते भएको उपरीक्षक बास्तोलाले भने। गोलि प्रहार गर्ने विप्लवका रोहित सुनार र जय बहादुर ठाडा मगर पक्राउ गरेको समेत उपरिक्षक बास्तोलाले बताए।
जंगललाई चारैतिरबाट घेरेर थप विप्लवका कार्यकर्ता खोजतलास भइरहेको समेत उपरिक्षक बास्तोलाले जानकारी दिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *