बराईनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा मनास्लु आरोहण आधार शिविर तर्फ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बराईनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा गोरखाको मनास्लु हिमाल आरोहणका लागि बुधबार आधारशिविर तर्फ लागेको छ । विश्व चर्चित गोरखाको मनास्लु हिमाल आरोहणका लागि राजकुमारसहितको टोली आज आधारशिविर तर्फ गएको हो ।

उनी हिजै हेलिकप्टरमार्फत उत्तरी गोरखाको सामागाउँ पुगेको थिए । ८ हजार १६३ मिटर उचाइको रहेको मनास्लु हिमाल विश्वमा किलर माउन्टेनको नामले परिचित छ । राजकुमारसहितको टोलिलाई सामागाउँका स्थायिनले हिजै परम्परागत भेषभूषा (छुवा) लगाएर सजाए स्वागत गरिएको चुमनुब्री गाउँपालिका १ का वडाध्यक्ष बिरबहादुर लामाले टेलिफोनमा बताए ।

आरोहणका लागि राजकुरमार सहितको टोली आज बिहान बेसक्याम्पतर्फ लागेको हो ।
आरोहण टोलीमा बहराइनको शाही परिवारका सदस्य, सुरक्षा टोली र नेपाल तथा नेदरल्यान्ड्सका आरोहण गाइड रहेका छन् । उक्त टोलीलाई हिमाल आरोहणका लागि सेभेन समिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ ।

अक्टोबर १५ देखि २० तारिखभित्र उक्त टोलिको हिमाल आरोहण गर्ने कार्यक्रम छ । आरोहण टोली केही दिन मनास्लु बेस क्याम्पमै रहने छन् । राजकुमारको आरोहण टोलीमा करिब १५० जना भन्दा बढी शेर्पा प्रत्यक्ष संलग्न हुने अनुमान गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *