बम्जनलाई पक्राउ गर्न अदालतको अनुमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं- हत्या र बलात्कारको आरोपमा ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। बिहीबार अदालतबाट पक्राउ पुर्जी जारी भएकोले उनलाई पक्राउ गर्ने तयारी भएकाे नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियाे। केही अनुयायीले बलात्कारको आरोपसमेत लगाएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुसन्धान गरे पनि प्रतिवेदन सार्वजनिक गरेको थिएन। हराएका अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो।

शव गाडेर चाँडो कुहाउन नुन हालेको प्रहरीको आशंका थियो। तर, कंकाल फेला परेको थिएन। बम्जनविरुद्ध बारा र मकवानपुरमा समेत उजुरी छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *