आलममाथी अनुसन्धान गर्न ७ दिन म्याद थप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलम सँग अनुसन्धान गर्नका लागी जिल्ला अदालत रौतहटले सात दिनको म्याद थप गरेको छ ।
जिल्ला न्यायधिश चित्र बहादुर गुरुङ्गको इजलाशले आलमलाई कार्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । आसोज २६ मा इद्रिस गेट नजिकै बाट पक्राउ परेका आलमलाई १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको आरोपमा पक्राउ गरेको हो ।
निकै कडा सुरक्षा व्यवस्था बिच अदालत ल्याइएका आलमले न्यायधिश सामु सो घटनको मुद्दा २०६५ सालमा नै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका थिए । म्याद थप पछि अदालत परिसर बाट बाहिर निस्कदै गर्दा उनले संचारकर्मीहरुलाई यस घटनाको दुधको दुध र पानीको पानी चाडै छुट्टिने प्रतिक्रिया दिएका छन । आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्ने भन्दै उनी प्रहरीको गाडीमा चढेका थिए । म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पुर्याइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *