बडा दसैको नवौ दिन अर्थात नवमीमा विश्वकर्मा पूजा गरी मनाएकाछन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भक्तपुरका प्रजापति समुदायले बडा दसैको नवौ दिन अर्थात नवमीमा विश्वकर्मा पूजा गरी मनाएकाछन् ।

नवमीका दिनमा प्रजापतिहरुले विशेष रुपमा विश्वकर्मा पूजा गर्ने गर्दछन् । प्रजापति समुदायले विश्वकर्मालाई आफ्नो कुल देवता मान्ने भएकाले नवमीका दिनमा बोका, भाले इत्यादिको बली दिई विधिपूर्वक पूजा आरधना गरी मनाउने गर्दछन् । प्रजापति समुदायमा पहिलेदेखि चलिआएको माटोका भाडा बनाउन सीप सिकाउने विश्वकर्मा एउटा कुल जस्तै भएकाले नवमीका दिनमा विशेष रुपमा पूजा गर्ने गरिएको स्थानीय किरण प्रजापतिले जानकारी दिए ।

अन्य समुदायले विश्वकर्मा पूजा असोज १ गतेका दिन उद्योग कलकारखाना, आफ्ना सवारीसाधान तथा धातुजन्य बस्तु लगायतलाई पूजा गरी मनाउने गर्दछन् । भगवान् विश्वकर्मा वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक नै मानिन्छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *