बडा दशैंको सातौ दिन हिन्दूधर्मावलम्बीहरूले कालरात्रि देवीको पूजाआजा गरि मनाईदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शुक्रबार बडा दशैंको सातौ दिन हिन्दूधर्मावलम्बीहरूले कालरात्रि देवीको पूजाआजा गरी मनाएकाछन् ।

चार हात भएकी र अत्यन्त डरलाग्दो स्वरूपमा देखिने देवी कालरात्रि हुन् । अरू सबै देवीको पूजा दिउँसो हुन्छ भने यी देवीको पूजा रातिमा हुने गर्छ । श्याम वर्ण र भयंकर स्वरूप भए पनि सधैं शुभ फल दिने देवीको रूपमा कालरात्रिलाई लिने गरिन्छ ।

दुर्गासप्तशतीका अनुसार यी देवीको नाकबाट आगोको भयंकर ज्वाला निस्कने गर्छ । यी देवीको तीनवटा आँखा हुन्छ भने शरीर अर्धनग्न अवस्थामा देखिन्छ । यी देवीको बाहन गधा हो । यस दिन साधकको मन सहस्रार चक्रमा स्थित हुन्छ र उसको लागि ब्रह्माण्डका समस्त सिद्धिहरूको द्वार खुल्न थाल्छ भन्ने मान्यता छ ।

नवरात्र भर शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी ९ प्रकारका देवीस्वरूपको पूजाआरधना गर्ने गरिन्छ । विगत वर्षमा नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द रहेकाले सुनसान रहेकाछन् । केहि मन्दिर खुला गरिएपनि सर्वसाधारणको खासै भीड रहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *