बझाङमा मंगलबार बाट नियमित हवाइ सेवा सञ्चालन हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुदुरपच्चिम प्रदेशको हिमाली जिल्ला बझाङमा असोज २७ गते मंगलबार बाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । समिट एयरले प्रत्येक साता जिल्लामा दुई दिन मंगलबार र शुक्रबार नियमित उडान गर्ने तयारी थालेको हो ।

समिट एयरले धनगढी देखि बझाङ, बझाङ देखि धनगढी को भाडादर ५ हजार ४८ रुपियाँ कायम गरेको छ । नियमित उडान तालिका सार्वजनिक गरेपश्चात जिल्लाबासीहरुमा खुसी छाएको स्थानिय धन बहादुर थापाले बताए । उनले भने नियमित गर्न पहल गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु तर हवाई भाडादर अलि चर्को भएको हुँदा सरोकारवालाहरुले घटाउन पहल गर्नेपर्नेछ ।

नागरिक उड्ययन प्राधिकरणले नै समिट एयरलाई भाडादर तोकि दिएको जनाएको छ । असोज २७ गते मंगलबारबाट नै नियमित उडान थाल्ने समिट एयरका पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीले बताए ।

समिट एयरले असोज १७ गते सुदुरपश्चिमका ३ जिल्ला बझाङ,डोटी र बैतडीमा परिक्षण उडान गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *