बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका तीन मजदुरको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ । हिजो दिउसो सुरुङमा फसेका चार मध्ये तीन जनाको शव सशस्त्र प्रहरीले आज निकालेको हो । सुरुङको तीन सय मिटर भित्रवाट उनीहरुको शव निकालिएको हो । हराएका एकजनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । सुरुङमा दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी फसेका थिए ।

बझाङको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जलविद्युतको निर्माणाधीन इनलेट सुरुङभित्र उनीहरु फसेका हुन । प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन नसकेपछि सशस्त्र प्रहरीको विशेष टोली उद्दारका लागि आज गएको थियो । छ जना कामदारहरु तीनवटा ट्रयाक्टर र एउटा जिपसहित सुरुङमा काम गर्न गएकोमा दुई जना बाहिर निस्किएपनि अरु भित्रै फसेका थिए ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *