बजेटको दुरुपयोग गर्दै बारामहागढिमाई नगरपालीका, स्थानीयलाई हैरानी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारा महागढिमाई नगरपालीका वडा नम्बर २ को मैनी टोलमा नालाको समस्याले स्थानीय हैरान भएका छन ।नगरपालीकाको इन्जीनीयरले आफ्नै उपभोक्ता समिति गठन गरेर बाटोमा ढलान गर्दा नाला पुरीन पुगेको र नालामा जमेको दुर्घन्धीत पानीले स्थानीय हैरान भएका हुन ।

नालामा र्दुरगन्धीत पानी जम्ने समस्या देखीएपछि स्थानीयले नगरपालीकालाई पटक पटक गुहारेपनी नगरपालीका प्रमुख उपेन्द्र यादव र वडाअध्यक्ष विरन्द्र चौरसीयाले कुनै ध्यान न दिएको स्थानीयले आरोप लगाएका छन ।

स्थानीय निकायले वास्था नगरेपछि वडाका स्थानीयले आफ्नो खर्चमै मेशिनको प्रयोगरी उत्त फोहोर पानी फाल्दै आएका छन् । नक्कली उपभोक्ता खडा गरेर नगरपालीकाले आफ्नै इन्जीनियरलाई बाटो ढलान गर्न लगाएको स्थानीयको आरोप रहेको छ । फोहोर पानीको समस्या समाधानगर्न नगरपालीका प्रमुखले ध्यान न दिएपछि स्थानीयले मिडीयामा जानकारी गराउने बताएपछि नगरपालीकाको ध्यानआर्कषण भएको छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *