बजारका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका खाद्य सामाग्री भेटिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सदरमुकाम बेनी बजारका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छन् । चाडपर्व लक्षित गरेर बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री बढी भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कालीपुलस्थित बसपार्कका १० वटा पसलहरु अनुगमन गर्दा पेय पदार्थ, मसला, चाउचाउ, विस्कुट, बच्चाहरुले खाने लेयर्स, कुरकुरे, आटा, चिउरा र मिठाइजन्य बस्तु म्याद नाघेको भेटिएको थियो ।

ब्यवसायीहरुले पसलमा मूल्य सुचि सबै ठाउँमा नराखेको, म्याद नाघेको सामानहरु राखेको, सरसफाईमा ध्यान नदिएको, सामानहरु ब्यवस्थापन नगरेको भेटिएको घरेलु कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताए । चाडपर्व लक्षित गरेर खाद्य सामग्रीहरुको बिक्री वितरण गर्ने पसलहरुको निरन्तर अनुगमन गरिने पौडेलले जानकारी दिए ।

घरेलु तथा साना उद्योग, प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, बेनी नगरपालिका र पत्रकारको उपस्थितमा बसपार्कस्थित संचालनमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको थियो । अनुगमनका क्रममा जफत गरिएको म्याद नाघेका सामग्रीहरु नष्ट गरिएको छ ।

ब्यवसायीहरुलाई डिलरले म्याद सकिने बेलाको सामान विभिन्न स्किमको बाहनामा बिक्री गर्न लगाउने गरेको देखिन्छ । म्याद सिद्धिएका सामाग्रीहरु ग्रामिण भेगका पसलहरुमा ब्यवसायीहरुले विक्रि गर्दै आएका छन् । नियम उलँग्न गर्ने ब्यवसायीहरुलाई कडा कारबाही नुहदाँ पसल ब्यवस्थापन ध्यान नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

चाडपर्वलाई लक्षित गरेर गुणस्तर सामाग्रीहरु विक्रि वितरणका लागि बजारका सबै पसलहरु निरन्तर अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी माया कुवँरले बताईन । अनुगमनमा खाद्य प्रविधि कार्यालय बागलुङका केदार पौडेल, प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरी, बेनी नगरपालिका दिपक शर्माको उपस्थित रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *