बक्सीङ खेलाडीहरुको बिदाइ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बक्सिङको विशेष प्रशिक्षण पोखरामा हुने भएको छ ।

पोखरामा विशेष तयारी गर्न सागका लागि छनोट भएका १६ जना बक्सिङ खेलाडी त्यसतर्फ जाने भएका छन् । पोखरा जाने नेपाली टोलीलाई नेपाल बक्सिङ संघले आइतबार विदाई पनि गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब रमेश सिलवाल, बक्सिङ संघका अध्यक्ष राम अवाले तथा संघका पदाधिकारीहरुले पोखरा जाने टोलीलाई विदाई गर्नुभयो ।

पोखरामा नेपाली टोलीलाई उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव, नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण दिनुहुने छ । नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।

पोखरा जाने खेलाडी महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ,चन्द्रकला थापा, संगिता सुनुवार र पुनम रावल रहेकी छन् भने पुरुष तर्फ सुशिल थापा मगर , तेज बहादुर देउवा, पुरण राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा ,दिपक श्रेष्ठ, मनोहर बस्नेत (म्याक्स), अर्जुन सिगु आशिष दुवाडी रहेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *